सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बबरमहल, काठमाडौं

2081 - Magh - 12

भू-सूचना प्रणाली /LRIMS को परिचय

 नेपाल सरकारबाट जग्गा प्रशासन सम्बन्धी सेवाहरुलाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै सूचना प्रविधिमा आधारित गराउन अत्यावश्यक महशुस गरी भूमि सुधार/मालपोत कार्यालयहरुमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (Land Records Information Management System (LRIMS)) कार्यान्वयनमा ल्याएको छ । यो प्रणाली Intranet मार्फत संचालन गरिएको केन्द्रीकृत प्रणाली भएको हुँदा जग्गा प्रशासनका सूचनाहरु बढी सुरक्षित,भरपर्दो तथा केन्द्रीयस्तरबाट तत्काल (Real Time)कारोबारको स्थिति जानकारी लिन सक्ने व्यवस्था छ । नेपाल सरकार सूचना तथा संचार प्रविधि विकास आयोजना (ICT Development Project) अन्तर्गत एशियाली विकास बैक (ADB) को अनुदान सहयोगमा Web-Based Application विकास गरी १४ वटा मालपोत कार्यालयहरुमा लागु गर्ने कार्यक्रम अन्तरगत मिति २०७२/०४/२५ गते मालपोत कार्यालय कलंकी (काठमाण्डौ) बाट यो प्रणाली शुभारम्भ गरिएको हो । आयोजनाको कार्य क्षेत्र भित्र परेका १४ वटा मालपोत कार्यालयहरुमा सफल परिक्षण भए पश्चात:नेपाल सरकारको नियमित बजेट कार्यक्रमबाट मिति २०७८ असार मसान्त सम्म देशभरका १२६ वटै कार्यालयहरुमा सेवा शुरु भै सकेको छ । यस प्रणालीमा जग्गाधनीको बायोमेट्रिक विवरण राखिने र करोबारको जानकारीका लागि मोवाइल SMSमार्फत सम्बन्धित जग्गाधनीलाई सूचित गरिने भएकोले दुषित कारोबारलाई निरुत्साहन गर्ने कार्यमा महत्वपूर्ण भूमिका रहेको छ ।  

Get In Touch With Us

बबरमहल,काठमाडौं

फोन.: ०१-५३२००२८
E-mail:  info@dolma.gov.np(विभाग )

dg@dolma.gov.np(महानिर्देशक)

planning@dolma.gov.np(योजना तथा अभिलेख शाखा)

padmin@dolma.gov.np(प्रशासन शाखा)

lit@dolma.gov.np(लेखा शाखा)

co.lit@dolma.gov.np(जिन्सी शाखा)

ladmin@dolma.gov.np(मालपोत तथा भूमि सुधार शाखा)

URL: http://www.dolma.gov.np

निर्देशक ( प्रवक्ता )

वेद प्रसाद आर्याल

शाखा अधिकृत (सूचना अधिकारी)

सूर्य प्रसाद कोइराला